ताजा अपडेट »

टिकटक बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !

विहीबार, १३ बैशाख २०८१, १० : ४१
24 Shares

काठमाडौँ । अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेक एक कानुनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धि नयाँ कानुन लागु भएको छ ।

अब टिकटकको मूल कम्पनि बाइट डान्सलाई अमेरिकामा आफ्नो कम्पनीको शेयर बेच्न करिब एक बर्षको समय पाउने छ । सो समयभित्र टिकटकको स्वामित्व चिनियाँ लगानी कर्ताबाट अमेरिकी लगानीकर्तामा नसारेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुने छ ।  यता टिकटकले भने अमेरिकी नयाँ कानुनलाई चुनौती दिने बताएको छ ।

अमेरिकाले टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो । तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ । टिकटकका विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । अमेरिकामा १७० मिलियन भन्दा बढीले टिकटकको प्रयोग गरिरहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।