ताजा अपडेट »

टिभिएसको नया “आरटीआर १६० टुभी रिफ्रेस” मोटरसाइकलको भैरहवा बाट बिक्री शुभारम्भ

मंगलबार, ११ बैशाख २०८१, २१ : ५४
124 Shares

टिभिएसको नया “आरटीआर १६० टुभी रिफ्रेस” मोटरसाइकल  सोमबार भैरहवामा सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको भैरहवा शाखाबाट सो नया भर्सनको मोटरसाइकल सार्वजनिक गरिएको हो । कम्पनीले टिभिएस अपाचे आरटीआर १६० टूभी रिफ्रेसमा विभिन्न नया फिचरहरु थपगरि नेपाली बजारमा ल्याएको जगदम्बा मोटर्स प्रालिका एरिया सेल्स म्यानेजर धनिराम भुसालले जानकारी दिए ।

Untitled-1

उनले टिभिएस अपाचे आरटीआर १६० टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको छ जस्ले सेग्मेंटकै उच्चतम १४.४ पीएस पावर र १३ एनएम टर्क जेनेरेट गर्ने र यसमा जडित टिभिएस स्मार्ट कनेक्टको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स्ट नोटिफीकेसन, क्यास अलर्ट जस्ता सुविधाहरु समेत पाउने जानकारी दिए । 

टिभिएस आपाचे आरटीआर १६० टूभी रिफ्रेसको बजारमूल्य  रु.३,०५,९०० रहेको जगदम्बा अटो ईन्जिनियरिङ भैरहवामा शाखा ईन्चार्ज लक्ष्मण भण्डारिले जानकारी दिए । अन्य मोटरसाइकलको तुलनामा यो नया भर्सनको मोटरसाइकल आर्कषक तथा सुबिधा सम्पन्न रहेको कार्यक्रमका सभापति तथा जगदम्बा मोटर्सका रिजनल सर्भिस म्यानेजर चिरञ्जीवी चौधरिले बताए ।

Untitled-2

जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको एरिया सेल्स म्यानेजर भुसालको भनाइ छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुनपुगेको भुषाल बताउछन । 

सिद्धार्थनगर उद्धोग बाणिज्य संघका अध्यक्ष–ठाकुर कुमार श्रेष्ठको बिशिस्ट अतिथ्यता रहेको सो कार्यक्रमको सभापतित्व जगदम्बा मोटर्सका रिजनल सर्भिस म्यानेजर चिरञ्जीवी चौधरिले गरेका थिए भने कार्यक्रमको सहजिकरण रिजनल सेल्स म्यानेजर धनिराम भुसालले गरेका थिए । कार्यक्रम भैरहवामा रहेको जगदम्बा अटो ईन्जिनियरिङ शाखाको आयोजना  भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।