ताजा अपडेट »

केजरीवालले जमानत पाउन जेलमै मिठाई खाएको आरोप !

विहीबार, ०६ बैशाख २०८१, १६ : ३६
58 Shares
विहीबार, ०६ बैशाख २०८१
58 Shares

काठमाडौं । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ । प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा मिठाई मगाएर खाइरहेको आरोप लगाएको हो ।

ईडीले केजरीवाललाई टाइप २ मधुमेह भएको तर जेलमा आलु पुरी, आँप र मिठाई खाइरहेको बताएको छ । केजरीवाल मदीरा नीति घोटाला मुद्दामा १८ दिनदेखि तिहाड जेलमा छन् । अदालतले उनलाई घरको खाना खान अनुमति दिएको छ । केजरीवालका वकिल विवेक जैनले ट्रायल कोर्टमा केजरीवालका डाक्टरसँग भिडियो कन्फरेन्समार्फत मेडिकल परामर्शको माग गर्दै याचिका दायर गरेका थिए । उनले केजरीवाल टाइप–२ मधुमेहका बिरामी भएको र उनको रगतमा चिनीको मात्रा निरन्तर उतारचढाव हुने तर्क गरेका थिए ।

जवाफमा ईडीले अदालतलाई केजरीवालले जानाजानी तिहाड जेलमा मिठाई खाइरहेको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।