ताजा अपडेट »

नेप्सेमा दोहोरो अंकको गिरावट

मंगलबार, ०४ बैशाख २०८१, १५ : ४४
46 Shares

 

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९  हजार ४७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रो समूह १.३१, माइक्रोफाइनान्स १.१६ र अन्य समुह १.०७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा आज गोर्खा फाइनान्सको सबै भन्दा बढी कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको १७ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।