ताजा अपडेट »

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

मंगलबार, ०४ बैशाख २०८१, ११ : ११
64 Shares

 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।