ताजा अपडेट »

सुदूरपश्चिम सरकार गठन सकस : प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

मंगलबार, ०४ बैशाख २०८१, ०९ : ५०
66 Shares
मंगलबार, ०४ बैशाख २०८१
66 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुलाई दिने सहमति भएको भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरित कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।