ताजा अपडेट »

मुना हत्या प्रकरण : आफ्नै घरको कामदारबाट भएको आशंका

मंगलबार, २८ माघ २०७६, ११ : ०९
6 Shares

माघ २८,

काठमाडौं । नेपाल सरकारका सेवा निवृत्त सचिव अर्जुन कार्कीकी श्रीमती मुना अधिकारी (कार्की)को हत्यामा कामदार विजय चौधरी संलग्न रहेको आशंका गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कार्कीको घरमा काम गर्ने विजयले डोरीले घाँटीमा कसी पिर्काले हिकाएर मुनाको हत्या गरेको देखिएको हो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अहिले पूर्व सचिव कार्कीको घरको सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले मुनामाथि आक्रमण गरेको देखिएको छ । अपराध महाशाखाका अधिकारीका अनुसार उक्त दृश्य घरको भान्सा छिर्ने ढोका छेउमा जडान गरिएको सीसी क्यामेरामा कैद भएको थियो । उनका श्रीमान् तथा पूर्वसचिव अर्जुन कार्की घरमा नभएकाे अवस्थामा उनकाे हत्या भएकाे हाे ।

सोमबार बिहानै उठेर पूजाका लागि पशुपतिनाथ मन्दिर गएका कार्कीले घर पुग्दा श्रीमती मुनालाई रकताम्य अवस्थामा फेला पारेका थिए । घरमा काम गर्ने दाङ स्थायी घर भएका विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, अहिलेसम्मको अनुसन्धानअनुसार मुनामाथि आक्रमण गरेपछि उनको मृत्यु भइसकेको ठानेर चौधरीले झुन्डिएर आत्महत्या गरेको देखिन्छ।

अनुसन्धानमा संलग्न अधिकृतले चौधरीको पाइन्टमा वीर्य भेटिएको बताएपछि जबरजस्तीकरणी भएको हुन सक्ने पनि आशंका गरिएको छ । तर, फरेन्सिक विज्ञले भने मानिसको ज्यान जाँदा दिशा वा वीर्य झर्नु सामान्य प्रक्रिया भएको बताउँछन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको थियो थिएन भन्ने निर्क्यौल गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।