ताजा अपडेट »

सुनको मूल्य सामान्य बढ्यो

मंगलबार, २७ चैत्र २०८०, १२ : ०४
78 Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।