ताजा अपडेट »

नमस्ते एकेडेमीमा वार्षिकोत्सव सम्पन्न

शुक्रबार, २३ चैत्र २०८०, १८ : १५
174 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा अवस्थित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (पूर्व नमस्ते एकेडेमी)मा विद्यार्थीहरुका विभिन्न प्रतिभातात्मक क्रियाकलापहरु सहित शुक्रबार विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । ब्रिटिज एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेज काठमाण्डौको प्रतक्ष व्यवस्थापनमा तिलोत्तमामा संचालित यस बिद्यालयले वर्षभरीका विभिन्न शैक्षिक क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

कार्यक्रमको अवसरमा बोल्दै द ब्रिटिज कलेज काठमाडौंका उप प्राचार्य तथा प्रमुख अतिथि डा.प्याट्रीक एमसी क्रुडेनले अबको शिक्षा सैद्धान्तिक भन्दा बढी प्रयोगात्मक र विद्यार्थीलाई आत्मनिर्भर बनाउने खालको हुनु पर्नेमा जोड दिए । सोही उद्देश्य अनुसार व्रिटिज कलेजले विश्व बजारमा पुग्न सक्ने र बिक्न सक्नेगरी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको समेत बताए । 

नमस्ते एकेडेमीका बोर्ड डाईरेक्टर डिल्लीनारायण पाण्डेले अबको शिक्षा व्यवहारिक र शिष्टाचार सहितको हुनु पर्नेमा जोड दिए । दैनिक जीवनमा आइपर्ने व्यवहारिक ज्ञान तथा विद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउने गरि यस बिद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गरेको उनले दाबी गरे ।

विश्वविख्यात क्याब्रिज विश्वविद्यालयको पाठ्यक्रमलाई स्कुल पाठ्यक्रमा संचालन गरिरहेको एकेडेमी मोफसलमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर र सुविधा दिने लक्ष्यका साथ स्थापित पहिलो संस्था रहेको प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । एकेडेमीले विश्वको प्रतिष्ठित वेस्टन इन्टरनेश्नल स्कुल क्याम्पस चाइनासँग साझेदारी गरी चाइना, जापान, सिंगापुर, क्यानडामा विद्यार्थी आदान प्रदान तथा अनुभव आदानप्रदान गर्दै आएको स्कुल हेड अरुण कुमार कँडेलले बताए ।

यसै वर्ष नमस्ते एकेडेमीका विद्यार्थीहरु मलेसिया तथा श्रीलंका पुगेर अन्तराट्रिय कराँतेमा नेपालकोे नाम उचो बनाउन सफल भएको पनि बिद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म अध्यन हुने यस विद्यालयमा रुपन्देही तथा रुपन्देही बाहिरका ४०० बढि बिद्यार्थीहरु अध्यनरन छन । होस्टल सहितको सुविधाका साथ संचालित यो बिद्यालय काठमाण्डैं बाहीरको पहिलो सेमी रेसिडेन्टल बिद्यालय हो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।