ताजा अपडेट »

नेप्सेमा सामान्य गिरावट

विहीबार, २२ चैत्र २०८०, १६ : २४
48 Shares

काठमाडौं । नेप्सेमा २.७३ अंकको गिरावट आएको छ ।  विहिबार नेप्से सूचक २.७३ अंकले घटेर २ हजार ४.०५ विन्दुमा कायम भएको छ ।

आज विभिन्न ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होलाको ९.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै मुल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्बोत्तम सिमेन्टको ५.८५ प्रतिशत मुल्य घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २३ करोड ३२  लाख ९१ हजार ६१२ बराबरको शेयर कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।