ताजा अपडेट »

बुटवलको न्यू होराईजन कलेजमा चलचित्र साक्षरता कार्यशाला

बुधबार, २१ चैत्र २०८०, १६ : १४
96 Shares

बुटवल । अस्कर ईन्टरनेशनल कलेज (कलेज अफ फिलिम स्टडिज)को आयोजानमा बुटवलमा चलचित्र साक्षरता कार्यशाला गरिएको छ । न्यू होराईजन कलेज कालिकानरमा एक कार्यक्रमको आयोजना गरी कार्यशाला गरिएको हो ।

कार्यशालामा कला संघ्रौलाको सट मुभी बुट्टे रुमाल र विराज कर्मचार्यको थन्र्स एण्ड रोज नामका दुई वटा सट भुमि समेत विद्यार्थीहरुलाई देखाइएको थियो ।कार्यशालामा चलचित्र को ईतिहास, डिजीटल दुनियाँमा चलचित्र साक्षरताको अस्था, चलचित्रको ईतिहास लगायतको विषयमा कार्यशालामा प्रकाश परिएको थियो ।

अस्कर कलेजका प्राचार्य तथा निर्देशक रामराज दाहालले चलचित्रको भविश्य नेपालमा उच्च भएको बताएका थिए ।उनले नेपालमा विदेशी चलचित्र समेत सुटिङ्गको लागि आउने गरेको बताउँदै यसको लागि उपयुयक्त वातावारण नेपालमा भएको बताएका थिए । यस्तै कार्यशालामा अस्कर कलेजका प्रशासन प्रमुख तथा निर्देशक नविन न्यौपानले बुटवल क्षेत्र चलचित्र सुटिङ्गको लागि अझ गतिलो स्थान भएको बताएका थिए ।

उनले बुटवल पहाडी क्षेत्र र तराईको संमग स्थन हुनुको साथै विश्वकै प्रमुख गन्तव्यको रुपमा रहेको भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नजिकै रहेको कारण पनि यो क्षेत्रमा चलचत्रि निर्माणको संभवना उच्च रहेको उनको भनाई थियो ।कार्याशालामा सुरज कट्वाल, नविन न्यौपाने, परासर वाग्ले लगायतले सहजीकरण गरेका थिए ।

न्यु होराईजन माविका संस्थापक तथा प्राचार्य लोकनाथ उपाध्यायले चलचत्रिको विषय यो क्षेत्रको लागि नौलो नभएको भन्दै पछिल्लो समयमा नेपाली सिनेमाघर बन्द हुदै जाँनु यसमा प्रविधिको प्रभाव बढि भएको भन्दै यो तर्फ सबैले ख्याल गर्नुपर्ने बताएका थिए ।उनले अवको पुस्ता चलचित्रमा अभिनय, उपकरण अपरेटर सहित डिजिटलाईजेसनमा समेत आवद्ध भएर रोजगारी पाउन सक्ने संभावना समेत रहेको बताएका थिए ।

बुटवल थ्रेटर ग्रुपको सहयोगमा भएको कार्यक्रममा न्यु होराईजन कलेजका कक्षा ११ सहित अन्य विद्यालयका विद्यार्थीहरु समेत सहभागी रहेको बुटवल थ्रेयटरका सञ्चालक अस्वीन केसीले जानकारी दिए । चलचित्र साक्षरताकार्यशाला नेपालमा १० वटा शहरमा गरिदैने छ । बुटवलमा छैठौ कार्यशाला गरिएको हो । पोखरामा १० औँ कार्याशाला गरेर चलचित्र साक्षरता कार्याशालाको समापन गरिने कार्यक्रम तय गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।