ताजा अपडेट »

सुनचाँदीको मुल्य घट्यो

मंगलबार, २० चैत्र २०८०, ११ : ५६
22 Shares

काठमाडौं। मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो । सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ३१ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै, आज तेजावी सुन एक लाख ३० हजार ५५० मा कारोबार भइरहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ५४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।