ताजा अपडेट »

नेप्सेमा गिरावट

सोमबार, १९ चैत्र २०८०, १६ : २८
22 Shares

काठमाडौं । सोमबार नेप्से ६.२६ अंकले घटेको छ । आज नेप्से घटेर २०१२.०७ अंकमा सीमित भएको छ ।

सोमबार ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५.७५ मा कारोबार भएका छन् । 

आज गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ ।

त्यस्तै फल्स पावरको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको ६.२७, अपर लाहोर खोला हाइड्रोको ६.१७ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको कुल ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।