ताजा अपडेट »

के तपाई ह्वाट्सएप प्रयोग गर्दे हुनहुन्छ? आउनुहोस जानौ यसका दुई एपका सुबिधाहरु

शुक्रबार, १६ चैत्र २०८०, ०७ : २२
88 Shares

बुटवल । मेसेजिङ एपको चर्चा गर्दा ह्वाट्सएप पहिलो स्थानमा आउँछ । सन २००९ मा सार्वजनिक भएको यो प्लेटफर्ममा विश्वभर अर्बौं प्रयोगकर्ताहरु जोडिएका छन । तपाईंले गुगल प्लेस्टोर वा एप्पल आईओएस एप स्टोरमा ह्वाट्सएप सर्च गर्नुभयो भने ह्वाट्सएप मेसेन्जर र ह्वाट्सएप बिजनेस भन्ने दुई ओटा एपहरु देख्न सक्नुहुन्छ । यी दुवै मेटाका प्लेटफर्मका एप हुन । यी दुईमध्ये कुन डाउनलोड गर्ने भन्ने द्विविधा तपायमा पनि हुन सक्दछ । हुन त ह्वाट्सएपको मुख्य विशेषता भनेकै प्रयोगकर्तालाई एकअर्कासँग कुराकानी गर्न सघाउनुनै हो । ह्वाट्सएप बिजनेसले भने व्यवसायलाई आफ्ना ग्राहकसँग जोडिन, विभिन्न अफरहरूको बारेमा जानकारी दिन र उनीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सघाउँछ । 

ह्वाट्सएप मेसेन्जर र ह्वाट्सएप बिजनेसमा के भिन्नता छ त ? अनि यी दुईमध्ये तपाईंका लागि कुन एप उपयुक्त छ, आउनुहोस जानौ । 

ह्वाट्सएप मेसेन्जर:  यो एक व्यक्तिगत मेसेजिङ प्लेटफर्म हो । तपाईं साथीभाइ, परिवार वा केही बिजनेससँग व्यक्तिगत कुराकानी गर्न चाहनु हुन्छ भने तपाईंका लागि ह्वाट्सएप मेसेन्जर नै उपयुक्त प्लेटफर्म हो । यसमा विश्वभरका अर्बौं प्रयोगकर्तासँग जोडिएर तपाईं कुराकानी गर्न सक्नुहुन्छ ।

ह्वाट्सएप बिजनेस: यो एक व्यवसायीक मेसेजिङ प्लेटफर्म हो । तपाईं कुनै पनि व्यवसायी हो र आफ्ना ग्राहकसँग निरन्तर सम्पर्कमा रहिरहन चाहनु हुन्छ भने तपाईंका लागि ह्वाट्सएप म्यासेन्जर भन्दा  ह्वाट्सएप बिजनेस उपयुक्त हुन्छ । यसलाई निःशुल्क आई ओ एस वा प्ले स्टोरमा गएर निशुल्क प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक यसलाई एपीआई मार्फत आफ्नो ‍वेबसाइटमै इन्टिग्रेट गर्न समेत सक्नुहुन्छ । सामान्य ह्वाट्सएपभन्दा यसमा थप अतिरिक्त सुविधाहरू रहेका हुन्छन । 

व्यवसायीका लागि ह्वाट्सएपभन्दा ह्वाट्सएप बिजनेस किन राम्रो हो ?

यदि तपाईं व्यवसायी हो र सयौं ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहिरहन चाहनु हुन्छ भने तपाईंले ह्वाट्सएप बिजनेस प्रयोग गरी निरन्तर सम्पर्कमा रहन सक्नुहुन्छ । हुन त व्यक्तिगत ह्वाट्सएप अकाउन्टबाट समेत व्यक्तिगत ग्राहकसँग कुरा गर्न सनिलो नै हुन्छ । तर, पनि ह्वाट्सएप बिजनेसबाट सम्पर्क गर्दा अतिरिक्त फाइदा लिन सकिन्छ । ह्वाट्सएप बिजनेसएप व्यवसायलाई केन्द्रित गरी तयार पारिएको प्लेटफर्म हो । त्यसैले यसमा सोही अनुसारका स्तरीय फिचर हुन्छन । विशेषगरी स्वचालित मेसेज, स्तरीय ग्राहक अनुभव लगायतका फिचरहरू यो एपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि बिजनेस एपको बिजनेस टुल भन्ने अप्सनमा जानुपर्ने हुन्छ । 

सुरक्षा फिचर र तत्काल सम्पर्कमा रहन दुवै एप उत्तिकै उपयोगी छन । यी एपमा इन्ड–टु–इन्ड इन्सक्रिप्सन प्रोटोकल तथा प्रयोगकर्ताको सुरक्षालाई महत्व दिइएको छ । त्यस्तै प्रयोगकर्ताले यी एपबाट आफूले चाहेको व्यक्तिसँग तुरुन्तातुरुन्तै कुरा गर्न सक्छदछन । प्रयोगकर्ताले आफ्नो व्यवसाय प्रवद्र्धन गर्नका लागि विशेषगरी मार्केटिङ अभियान, कारोबार सन्देश, कस्टमर सपोर्ट र ठगी रोक्न ह्वाट्सएप बिजनेस प्रयोग गर्न सक्नुहुन्छ । ह्वाट्सएप बिजनेसमा शुल्क तिरेर आफ्नो वस्तु तथा सेवाको विज्ञापन पनि गर्न सकिन्छ । 

तर, ह्वाट्सएप मेसेन्जरमा भने यस्तो सुविधा रहदैन । पछिल्लो समय ह्वाट्सएपले बिजनेस अकाउन्टलाई मात्र ह्वाट्सएप च्यानलको सुविधा दिएको छ । अर्थात व्यक्तिगत अकाउन्टबाट च्यानल बनाउन सकिंदैन ।  ह्वाट्सएप र ह्वाट्सएप बिजनेस दुवै निःशुल्क इन्स्टल गरेर प्रयोग गर्न सकिने एप हुन । ह्वाट्सएप बिजनेसमा एउटै नम्बरबाट खोलिएको अकाउन्टलाई पनि दुई वा दुईभन्दा बढी अन्य प्रयोगकर्ताले सहजै प्रयोग गर्न सक्दछन । 

यदि व्यक्तिगत प्रयोजनका लागि ह्वाट्सएप प्रयोग गर्दै हुनुहुन्छ र त्यसका लागि ह्वाट्सएप बिजनेस इन्स्टल गर्नुभयो भने तपाईंले अनावश्यक फिचरहरू देख्न सक्नुहुन्छ । तर, व्यवसायिक प्रयोजनका लागि भने तपाईंले उपयुक्त हुने फिचर र प्रयोग गर्ने मौका दुबै पाउन सक्नुहुन्छ । 
समग्रमा ह्वाट्सएप मेसेन्जर व्यक्तिगत प्रयोजनका लागि हो भने ह्वाट्सएप बिजनेस व्यवसायिक प्रयोजनका लागि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।