ताजा अपडेट »

पाल्पामा ५ थान भरुवा बन्दुकसहित गोलीगत्था बरामद

बुधबार, १४ चैत्र २०८०, २० : १४
316 Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-७ बाट प्रहरीले ५ नाल भरुवा बन्दुक तथा गोली गत्था बरामद गरेको छ । मँगलबार साँझ अस्थाई प्रहरी पोस्ट बेलबासबाट घटिएको प्रहरी टोलीले बन्दुकसहित गोली गत्था बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पामा बुझाएको छ ।

प्रहरीले स्थानीय भोर्लेघाट सामुदायिक जँगलमा लुकाएर राखेको अवस्थमा एक नाले २ थान भरुवा बन्दुक, गोली, छर्रा तथा बारुदको झोला बरामद गरेको थियो । यसैगरी चन्द्राकार सामुदायिक वनबाट १ नाले ३ थान भरुवा बन्दुकसहित छर्रा र बारुद बरामद गरेको थियो । बेलबास प्रहरी पोस्टबाट खटिएको प्रहरीले टोलीले मँगलबार नै १ नाले भरुवा बन्दुकसहित ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।