ताजा अपडेट »

अभिनेत्री कंगना रनौत बिजेपीको राजनितीमा, भाजपाले बनायो हिमाञ्चल प्रदेशबाट लोकसभाको उम्मेदवार

आइतबार, ११ चैत्र २०८०, ०६ : ३०
26 Shares

चर्चीत बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाञ्चल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) को उम्मेदवार बन्ने भएकी छन । आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेसंगै  कंगना रनौतलाई हिमाञ्चल प्रदेशको मंडीबाट टिकट दिइएको सार्वजनिक भएको हो । टिकट पाएपछि कंगनाले आफ्नो इन्स्टामा पोष्ट सेयर गर्दैे खुशी साटेकी छन ।

उनले आफ्नो इन्स्टामा पोष्ट सेयर गर्दैे लेखेकी छन, ‘“मेरो प्यारो भारत र भारतीय जनताको आफ्नै पार्टी भारतीय जनता पार्टी (बीजेपी) लाई सधैं मेरो निःशर्त समर्थन रहेकोछ, आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई  मलाई मेरो जन्मभूमि हिमाञ्चल प्रदेश, मंडी (विभाग) बाट लोकसभाको उम्मेदवार बनाएको छ । मलाई लोकसभा चुनाव लडाउने पार्टी उच्च कमाण्डको निर्णयलाई स्वीकार गर्दछु ।”  यससँगै कंगनाले टिकट पाएकोमा खुशी व्यक्त गर्दै लेखेकीछन, “आधिकारिक रूपमा पार्टीमा सामेल हुन पाउँदा सम्मानित र उत्साहित छु । म एक सक्षम कार्यकर्ता र भरपर्दो जनसेवक बन्ने आशा राखेकीछु,, धन्यवाद् ।”

कंगना रनौत पछिल्लो समयकी चर्चीत बलिउड अभिनेत्री हुन । बेलाबेलामा उनि आफ्ना अभिव्यक्तिका कारणले चर्चा तथा बिादमा रमेत आउने गर्दछिन । कंगनाको जन्म हिमाचल प्रदेशको मंडी जिल्लाको सरकाघाटको भाम्बला पञ्चायतको राजपूत परिवारमा भएको थियो । कंगनाले आफ्नो बिद्यालय शिक्षा चण्डीगढको डीएभी स्कूलबाट लिएकी थिइन । 

उनको परिवारले उनलाई मेडिकल पेसामा पठाउन चाहन्थे तर १६ वर्षको उमेरमा उनी दिल्ली आइन र यहाँको थिएटर ग्रुपमा सामेल भइन उनले ३ पटक राष्ट्रीय फिल्म पुरस्कार र चार पटक फिल्मफेयर पुरस्कार पाएकी छन । कंगनाले पाँच पटक फोब्र्स इंडिया को टॉप १०० सेलिब्रिटी  लिस्टमा स्थान बनाई सकेकी छन । २०१९मा उनलाई मणिकर्निका तथा पंगा चलचित्रका लागि सर्वश्रेष्ठ अभिनेत्रीको एवार्ड दिईएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।