ताजा अपडेट »

बुवाको सम्झनामा गौचनले गर्दैछन छैठौं राष्ट्रिय क्रिकेट प्रतियोगिता

शुक्रबार, ०९ चैत्र २०८०, १६ : ०७
106 Shares

 

भैरहवा, ९ चैत । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारबाट आयोजना गर्देछन ।

 

क्रिकेटर गौचनले स्व. बुआ ख्डगप्रसाद गौचनको सम्झनामा चैत्र १० गतेदेखि २० गतेसम्म स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो ।

 

स्टार क्रिकेट एकेडमीका प्रबन्ध निर्देशक एबं प्रशिक्षक समेत रहेका गौचनले ५ संस्करणको प्रतियोगिता सम्पन्न गर्दै यस पटक नवनिर्मित अन्तराष्ट्रिय क्रिकेट मैदान एक्स्ट्रटेक ओभलमा एकेडमीकै आयोजनामा प्रतियोगिता गर्न लागेका हुन ।

 

‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोगसमेत पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको क्रिकेटर गौचनले बताए ।

 

यस क्षेत्रमा जुनियर खेलाडीको अवस्था अपग्रेड गर्दै खेलाडीको प्रोत्साहन र गुणस्तरीय खेलाडी उत्पादन गर्नका लागि प्रतिस्पर्धात्मक रुपमबाट खेलमा रुची बढाउने, बैद्धिक विकास र चाडै प्रतिभाशाली भई देशको लागि योग्दान दिने भनेर पनि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

 

प्रतियोगितामा पोखरा, काठमाडौं, धनगढी र विराटनगरको एक–एक टिम र रुपन्देहीका ४ वटा टिम गरी ८ टिमको सहभागिता रहने गौचनले बताए । प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए ।

 

प्रतियोगितामा विजेता टिमले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । गौचनले पहिलो संस्करणमा विद्यालयस्तरीय, दोस्रोमा रुपन्देही जिल्ला स्तरीय र तेस्रो संस्करणबाट राष्ट्रिय स्तरमा आयोजना गर्दै आएका छन ।

 

प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब विराटनगर, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी बुटवल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

२० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ । राष्ट्रिय टिमबाट संन्यास लिएपछि गौचनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।