ताजा अपडेट »

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

मंगलबार, ०६ चैत्र २०८०, ०६ : ४९
50 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि बिचार गरियोस’ प्रस्तुत गर्नेछन् ।

साथै, आ.व. २०८१/८२ को लागि बिनयोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।