ताजा अपडेट »

माओवादी पदाधिकारी बैठक बस्दै : महरा पक्राउ बारेमा छलफल हुने

मंगलबार, ०६ चैत्र २०८०, ०६ : ४३
52 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज विहान बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखिसुरू हुनेछ । 

बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारी देखि केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।