ताजा अपडेट »

बाँसबारीको १० रोपनी जग्गा सरकारकाे मातहत ल्याउन र सुन तस्करीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

आइतबार, ०४ चैत्र २०८०, १४ : ३५
30 Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । 

गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितलाई आइतबार गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन् । यसका लागि आइतबारबाटै प्रक्रिया थाल्न सम्बन्धित् पक्षलाई उनले निर्देशन दिएका हुन् । 

साथै उनले सुन तस्करी काण्डमा मुछिएका र जाँचबुझ आयोगले दोषी किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।