ताजा अपडेट »

अचेत अवस्थामा फेला परेकी पूर्वसचिव कार्कीको श्रीमतीको मृत्यु

सोमबार, २७ माघ २०७६, १४ : ३४
10 Shares

माघ २७,

काठमाडौं । सरकारका पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको पनि उपचारका क्रममा मृत्यु भएको छ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, उनको घरमा काम गर्दै आएका दाङका विजय चौधरी यसअघि डोरीमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुर प्रहरी जनाएकाे  छ । 

मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।