ताजा अपडेट »

नेपाल ए ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

विहीबार, १० फागुन २०८०, १३ : १६
66 Shares

काठमाडौं । नेपाल ए ले क्यानडा- ११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको हो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए ।३ खेलको सिरिजमा १-१ को बराबरी रहेकाले यो खेल जित्नेले सिरिज जित्ने अवस्था रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।