ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट

बुधबार, ०९ फागुन २०८०, १७ : २३
798 Shares

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ ।  सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । 

न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।  अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्बेक्षण पश्चात  मँगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्याङ्कन तथा समीक्षा गोष्ठिमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।  

मुल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौं रहेको थियो । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।