ताजा अपडेट »

नेपाल ए ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

आइतबार, ०६ फागुन २०८०, १२ : ५९
50 Shares

काठमाडौं । नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ लाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो ।

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।

त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।