ताजा अपडेट »

नमस्ते एकेडेमीमा पुस्तक विमोचन र साहित्यिक महोत्सव सम्पन्न

विहीबार, ०३ फागुन २०८०, १६ : २१
242 Shares

रुपन्देही । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते विविध साँस्कृतिक कार्यक्रम सहित  नयाँ विद्यार्थीहरुको अक्षरारम्भ, पुस्तक विमोचन तथा साहित्यिक महोत्सव सम्पन्न  भएको छ  ।

ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण  कँडेलको सभापतित्व, वरिष्ठ बाल साहित्यकार  प्राध्यापक डाक्टर  कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तक  विमोचनका साथमा विद्यार्थीहरुले विविध नृत्य, गायन, कविता वाचन, स्टोरी टेलिङ, प्यानल डिस्कसनका साथमा साहित्यिक व्यक्तित्वहरूले  नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गरेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले जानकारी दिए ।

 साहित्य समाजको ऐना हो ।  बालबालिका  यसका बिम्ब हुन ।यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन  बुझाइ सफलताको  बाटो पहिल्याउछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो प्राचार्य शेर्पाले भने ।
  साहित्यिक महोत्सव कार्यक्रमको पहिलो सत्रमा साहित्यक परिचर्चा सम्पन भयो । साहित्यिक परिचर्चामा बरिस्ठ  बाल साहित्यकार  कपिलदेव लामिछाने  , शिक्षक सुरज घिमिरे र विद्यार्थी  बृहत्  पोखरेलले भाग लिएका थिए भने यसको सहजीकरण  विद्यार्थी  अनुष्का रावतले गरेकी थिइन । परिचर्चामा बोल्दै बरिस्ठ साहित्यकार  लामिछानेले  नमस्ते  एकेडेमी र यसले ससाना बालबालिकामा साहित्य रस जगाउने  उदेश्यले आयोजना  गरेको कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै आफूले लेखेका  एक दर्जन  बढी पुस्तक विद्यालयलाई उपहारस्वरूप  प्रदान गरे । बाल्यकाल बाट नै यस किसिमको माहोल  बनाउन  सके विद्यार्थी  कलामा पोख्त हुने उनले बताए।
 कार्यक्रममा मूलत पुस्तक लेखनका आयाम, विद्यार्थीको साहित्य लेखन कला र अनुभूति  विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल भएको थियो ।  साहित्यिक महोत्सवमा नेपाली साहित्यको आयाम , बाल साहित्य ,साहित्यमा बालबालिकाको  भूमिका ,लेखक कसरी बन्ने ,आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थी बिचमा परिचर्चा भएको सह प्राचार्य  लिलामणि पाण्डेले जानकारी जानकारी दिए ।
  अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको  विशेष आकर्षण रह्यो । पठन संस्कृतिप्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेका छ्न । स साना विद्यार्थीले आफूले लेखेका  साहित्यिक सृजना समेत उपस्थित  अभिभावक  र साहित्यनुरागीका बिचमा वाचन तथा प्रस्तुत  गरे । 

कार्यक्रमको दोस्रो  सत्रमा 
नमस्ते  एकेडेमीकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी  श्रेयसी पन्थीले सृजना  गरेको पुस्तक क्जबउभ थयगच षिभ को विमोचन  प्रमुख  अतिथिबाट  गरिएको थियो भने  उक्त पुस्तकको समीक्षा र लेखिकासँगको परिसम्बाद विद्यार्थी कक्षा १२ का   सायस रुपाखेतीले गरेका थिए ।  कार्यक्रममा श्रेयसी पन्थीका माता पिता बिन्दु पन्थी र भरत पन्थीेले हर्षबिभोर सहित  १३ वर्षकी  छोरीले गरेको यो उपलब्धि  सबैका लागि  अनुकरणीय  रहेको र नमस्ते  एकेडेमी बालबालिकाको पहिलो  घर भएको उल्लेख  गरे ।   आज बाट बाल लेखिका बनेकी  छोरी र विद्यालयको केमिस्ट्री  मिलेको विचार व्यक्त गरे । महोत्सवमा  विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी  समेत भएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।


नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना भएको कार्यक्रमले विद्यार्थीको गीत , सङ्गीत , कला र लेखनमा निरन्तर  रुपमा लाग्नुको परिणाम रहेको  स्कुल हेड अरुण कँडेलले बताए।
प्रिस्कुल देखि १२ कक्षा सम्मका विद्यार्थी  , अभिभावक  , अक्षरारम्भका लागि पाल्नु भएका ससाना विद्यार्थी  एवम अभिभावक  , पत्रकार  र साहित्यनुरागी महानुभावको उपस्थिति  रहेको महोत्सवमा विद्यार्थीले कला , गला , अनुभव , अनुभूति , कल्पना , नृत्य मार्फत आफ्ना साहित्यिक कर्महरु  प्रस्फुटन गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।