ताजा अपडेट »

मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता: उपाधीका लागि त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने

बुधबार, ०२ फागुन २०८०, १९ : ४७
90 Shares

बुटवल। विभागीय टोली नेपाल प्रहरीलाई स्तब्ध पार्दै गण्डकी प्रदेश जिल्ला भलिवल संघको  टोली र त्रिभुवन आर्मी तिलोत्तममा जारी नवौ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिवल को उपाधीको लागि भिड्ने भएको छन् ।  

बुधवार भएको सेमिफाईनलको पहिलो खेलमा विभागी टोली नेपाल प्रहरीलाई ३–२ले हराउदै फाईनल यात्रा तय गरेको हो । भने दोस्रो खेलमा शशस्त्र प्रहरी वल भलिवल क्लव लार्य सोझो सेटले हराउदै त्रिभुवन आर्मी क्लव ले फाईनल यात्रा तय गरेको हो । 

पहलो सेट २५–२१ र दोस्रो  २५ –१७ बनाएर दुई सेट आफनो कोल्टामा पारेको गण्डकीले तेस्रो सेट चौथो सेट  भने नेपाल पुलिस क्लबले  २५–१९ ,२५–२०, बनाएर  बराबरीमा  पुगेको थियो ।  प्रतियोगितामा  कुन टिम  फाईनल पुग्ने भन्नेमा कडा प्रतिस्पार्धा का विच पाचौ सेट भने गण्डकीले नेपाल पुलिसलाई  १० मा रौक्दै १५ बनाएर फाईनल यात्रा तय गरेको  हो । गण्डकी बिजेता भएपछी फाईनलमा बिभागीय टिम त्रिभुवन आर्मी क्लब सँग भेट हुने पक्का भएको  छ ।
 खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी जिवन सुनार खेलको म्यान अफ द म्याच हुन सफल भएका छन उनलाई नगद सहित सम्मान गरेका थिए । 

दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब  विच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । त्रिभुवन आर्मी क्लबले एपिएफलाई २५–२२ ,२५–२०, २५–२३, मा रोक्दै आर्मीले फाईनल यात्रा तय गरेको हो । खेलमा म्यान आफ द म्याच भएका  त्रिभुवन आर्मी क्लबका खेलाडी मान बहादुर श्रेष्ठलाई नगद सहित सम्मान गरीएको  थियो ।received_1084185336202552

उपाधाीका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशकाका विचमा विहिबार हुने छ ।  प्रतियोगीताको तेस्रो स्थानका ालगि नेपाल प्रहरी  र एपीएफ क्लव  टिम बिच हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । प्रतियोगीतमा विजेता समुहले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन् । द्धितिय ले  १ लाख ५० हजार १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र हात पार्ने छन । 
तृतिय स्थान प्राप्त गर्ने  समुहले नगद १ लाख १ रुपैयाँ नगद सहित कप, मेडल प्रमाणपत्र पाउने छन् ।  सान्त्वना स्थान  हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरु·ले बताए । प्रतियोगितामा  उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई   विधागतरुपमा नगद  सहित मायाको चिनोले  सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका  बरिष्ठ उपाध्यक्ष किशन चन्दले  बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।