ताजा अपडेट »

बुटवलमा नालापानी फिल्म

मंगलबार, ०१ फागुन २०८०, ११ : ०६
106 Shares

बुटवल । नालापानी फिल्मको बुटवलमा प्रदर्शनको तयारी व्यापक भईरहेको छ । फिल्मका निर्देशक रिमेश अधिकारीको टोली यतिबेला बुटवलमा सरकारी तथा संस्थागत विद्यालय र कलेजहरुमा विद्यार्थीलाई फिल्म हेर्नका निम्ति आमन्त्रणको निम्तोसँग अभिमुखीकरण गर्दैछ ।

नालापानी ऐतिहासिक वीरताको कथा हो । यसैलाई आधार मानेर फिल्म बनाइएको निर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार नालापानी हाम्रो पुर्खाले आर्जेर अर्थात् जितेर पनि गुमाउनु परेको भूमि हो । त्यसैको सेरोफेरोमा फिल्म निर्माण गरिएको उनले सुनाए। साहित्यकार तथा लेखक दलबहादुर गुरुङले नालापानीमा नेपालीहरुले देखाएको अदम्य साहस र वीरताको कथालाई समेटिएर बनाइएको उक्त फिल्म प्रत्येक नेपालीहरुले एकपटक अवश्यक अवलोकन गर्नुपर्नेमा जोड दिए । उनले भूगोलका दृष्टिले गुमेको नालापानी आज पनि भावनाले हाम्रै हो भन्ने सन्देश प्रवाह गर्न पनि फिल्म हेर्नुपर्न सुझाए ।

फिल्म निर्देशक मनीष पन्थले नालापानी फिल्म नेपाली  सबैका लागि उत्प्रेरित फिल्म भएको र फिल्ममा प्रयोग भएका तात्कालीक भाषा,भेष,युद्ध सामग्री र रणमैदानको वस्तुस्थिति बुझ्न पनि नालापानी हेर्नुपर्नेमा जोड दिए । फिल्म कलेज,विद्यालय र फिल्म हलहरुमा फागुनदेखि एकमहिनासम्म निरन्तर प्रदर्शन हुने निर्देशक अधिकारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।