ताजा अपडेट »

बुटवलको डेल्टा कम्पेलेक्समा फागुन १ देखि ‘जुत्ता मेला’

आइतबार, २८ माघ २०८०, १७ : २८
410 Shares
आइतबार, २८ माघ २०८०
410 Shares

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो । 

मेलाको तयारी बारे जानकारी दिन आइतबार गरीएको पत्रकार सम्मेलनमा नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्ययले ५ हजार भन्दा बढी प्रकारका गुणस्तरीय नेपाली जुत्ताहरुको उत्पादनलाई फ्याक्टीबाट न्यूनत्तम मूल्यमा सिधै ग्राहक समक्ष पुराउनका लागि मेलाको आयोजना गरिएको बताए । नेपाली जुत्ताले हाल नेपालको ६५ प्रतिशत बजार ओगटेको बताउदै उनले सतप्रतिशत पुग्याउने लक्ष्यमा फुटवेयर उद्योगी ब्यवसायीहरु रहेको उनले बताए । सिमाबाट हुने जुत्ता चप्पलको चोरीपैठारी नियन्त्रणसंगै उपभोक्तालाई नेपाली जुत्ताको प्रयोगको बानी बसाल्न मेला महत्वपूर्ण हुने बताए ।

मेला आयोजनाको मुख्य लक्षनै नेपाली जुत्ता चप्पलकोे प्रवद्र्धन गर्नू रहेको बताउदै माघ फल्गुनको समय फुटवेर उत्पादकहरुले पुरानालाई अफर दिने र नया उत्पादन गर्ने समय भएको भएकाले मेलामा उपभोक्ताले बिशेष छुटमा सामान पाउले मेलाका संयोजक चोला प्रसाद पाठकले जानकारी गराए ।डेल्टा कम्प्लेक्सको परिसरमा लाग्ने नेपाली जुत्ता मेलामा एक महिना अवधिमा डेढ लाख ग्राहकले मेला अवलोकन गर्ने लक्ष्य राखेको समेत  उनले बताए ।

आयोजना गर्न लागिएको मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एफ. डियर हिल, लालिगुरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट बाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र  एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादन  उपलब्ध हुने छन ।

मेलालाई थप रमाईलो तथा आकर्षक बनाउन आयोजकले मोःमोः उत्सवको समेत आयोना गरेको बताउदै मेलामा दर्जन बढि स्वादका मोमोका परिकारहरु उपलब्ध गराईने बताउदै मनोरञ्जनका लागि मेला अवधिका बिचमा स्थानीय तथा राष्ट्रिय कलाकारहरु बाट बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरीने आयोजक संस्था डेल्टा कमप्लेक्सका सि.ई.ओ. बाल कृष्ण पौडेलले बताए ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।