ताजा अपडेट »

मेरो आमालाई चिठी

आइतबार, २८ माघ २०८०, १३ : ५६
418 Shares

विनोद भुसाल/ ढोग गरे आमा
आज धेरै याद आयौ!

कस्तो छ तिमिलाइ..? आज धेरै तिम्रो याद आइ रहेको छ...! आजभोलि केही पनि राम्रो लाग्दैन...!

खाना पकाउन जान्छु त जल्ने गर्छ..! कसैलाइ केही भन्न खोज्दा आफै स्वयम् टुट्ने गर्छु..! रातिको तीन बजिरहेको छ..!

भोक जोड सङ्ग लागेको छ..! आज खाना पकाउने बेला हात कराइ ले जल्यो..! र भोकै सुते..! आमा यहा कोहि पनि छैन कस्तो छौ भनेर सोध्ने वाला..! आज बचपन को त्यो दिन याद आइरहेको छ..!

जो नपढ्ने को जिद,,बिहान बिहान केही पनि नखाएर खेल्न भाग्ने गर्थे..! र तिमी घर अगाडिको चौतारी मा लड्यो कि भनेर दौडिएर हेर्न को लागि आउथियौ..! र कान समातेर भन्थ्यौ छोरो अलिकति त खाउ समय प्रती..! आज धेरै याद आयो आमा अनि म रोए..! आमा धेरै भयो यो कुरो यहा कतै सुन्न पाएको छैन..!

कसैलाइ यहा मैले खाना खाए नखाएको कुनै मतलब छैन..! बिहान उठ्छु मन लागे खान्छु नत्र त्यसै डिउटी जाने गर्छु..! आमा आज हात जले पछि मलाइ लाग्यो कास आज तिमी भएको भए..! हरेक पटक को जस्तै गाली गर्दै खाना खुवाएर आफ्नो छाती मा टास्दै..! हरेक दुखको निवारण गरिदिन्थ्यौ..!

हो आज साच्चै तिमी याद आएकी छौ..! आमा तिमी र तिम्रो प्रेम मेरो जिवनको अमुल्य निधि हौ..! आज सबै कुरा हरु याद आइरहेको छ..! त्यो बालापन मा तिमिले त्यो निधार को छेउमा गाजल को कालो टीका लगाउदै भन्नू हुन्थ्यो मेरो छोरा लाइ कसैको नजर नलागोस..! आज आभास भइरहेको छ आमा..! आमा यो भन्दा राम्रो सुखद प्रेम र प्रेम प्रदर्शन अरु केही पनि होइन..!

आमा तिमिले म जस्तो टुक्रीएको मान्छे लाइ शब्दको तरह सजाय र एउटा कबिता बनायौ.! जो बच्चा ताली को आवाज देखि डराउने गर्थ्यो,आज त्यो यो दुनिया सङ्ग लडिरहेको छ..! एउटा कुमाले को तरह म जस्तो माटो सङ्ग..! जीवन को धार प्रती राखेर एउटा आकार दियौ..!

आमा एक पटक भए पनि आउन म भएको ठाउ मा आज मैले आँसु रोक्न सकिन आमा..! जुन प्रकार बाबा ले पिटे पछि छाती मा टासेर चुप गराउनु हुन्थ्यो..! एकपटक फेरि मलाइ छाती मा टासेर चुप गराउन आमा ..! आमा आज तिम्रो धेरै याद आएर रोएको छु..! रुदा रुदै आँसु सुके को छ..! आमा यो खाडिको काम यो मान्छे हरु को हेपाइ र यो दुनियाले धेरै दुख दिएको छ..! आमा एकपटक म भएको ठाउँ मा आउन..!

फेरि आँसु झर्यो आमा तिमी लाइ सम्झेर..! आज केही नबोली खाने छु र म पनि आफ्नो हात ले तिमी लाइ खुवाउने छु..! र अब तिमिलाइ कहिले सताउने छैन,, आमा तिमी आउन यहा .! आज म तिम्रो काख मा सकुन सङ्ग सुत्न चाहन्छु..! आइ लभ यु आमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।