ताजा अपडेट »

बल्कोट अर्घाखाँची-रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

बुधबार, २४ माघ २०८०, १६ : ४६
188 Shares
बुधबार, २४ माघ २०८०
188 Shares

बुटवल । बल्कोट अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको आयोजनामा  बुधबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि रुपन्देही होटल तथा रेष्टुरेन्ट महासंघका अध्यक्ष लेखनाथ भण्डारीले समाजमा रहेका हरेक सामाजिक संघ सस्थाले सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई प्राथमिकताका साथ पुरा गरेमा समुन्नत समाज निर्माण जटिल नहुने बताए । 

कार्यक्रममा बोल्दै आर्थिक अनुसन्धान केन्द्रका  अध्यक्ष हुमराज भुसालले गाउँ देखि सहरमा आएर विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरुले समाजमा चिनिनका लागि नभई  समाजलाई विश्वभर चिनाउने गरि आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न शुभकामना दिएका थिए ।  समाजको स्थापना देखि सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा विविध कार्यक्रम गरिरहेको समाजले यो वर्षको विशेष कार्यक्रम अन्तरगत रहेर रक्तदान कार्यक्रम गरिएको अध्यक्ष मोहन भट्टराईले बताए ।    

कार्यक्रममा आजीवन सदस्यहरु, विभिन्न विषयगत उपसमितिहरु, निवर्तमान कार्य समितिलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।  समाजले जन्मभुमि प्रतिको आफ्नो उत्तरदायित्व कहिल्यै नभुल्ने र आगामी दिनमा बल्कोटमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने र त्यहाँको कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि सधैं प्रयत्नशील  रहेको कुरा सस्थाका सल्लाहकार दिपक पन्थीले बताए ।

कार्यक्रम समाजका अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा सचिव समाजसेवी धुर्व सापकोटाको सञ्चालन सम्पन्न भएको कुरा रक्तदान कार्यक्रम संयोजक सस्थाका उपाध्यक्ष रुपलाल  पन्थीले बताए भने कार्यक्रम होटल सुमेरु दर्शन बुटवल नेपालगन्ज रोडमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।