ताजा अपडेट »

बुटवलमा भन्सार छलेर भित्राइएको २ हजार किलो माछा बरामद

मंगलबार, २३ माघ २०८०, १५ : ४४
256 Shares

 

बुटवल । बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं।५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरि नष्ट गरेको हो ।

विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शंकास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अबैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ । अबैध मरेको माछा रितपुर्वक बरामदगरी माछा ओसार पोसार गर्ने कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं १ बस्ने बर्ष २३ को शिव कुमार यादब र बुद्धभूमी नगरपालिका वडा नं।२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागीभैरहवा भन्सार कार्यालय पठाईएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।


त्यसैगरि प्रहरीले आजै बुटवल उप९ महानगरपालिका वडा नं। ५ अमरपथबाट सियारी गाउपालिका वडा नं। ७ बस्ने बर्ष ३२ को प्रदिप केवटले चलाएको लु ६ प ४२०३ नम्वरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याइएको भेल्बटको ५ रोल ९१०६ मिटर० कपडा बरामद गरेको छ । मोटरसाईकल चालक केवटसहित बरामद मोटरसाइकल र कपडा भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।