ताजा अपडेट »

मकवानपुरमा जग्गा कारोबार घट्दा ७ कराेडले राजस्व संकलन गिरावट

मंगलबार, २३ माघ २०८०, १४ : ०२
86 Shares

हेटौंडा । मकवानपुरमा पछिल्लो समय जग्गाको कारोबारमा गिरावट आएको छ। कोभिड-१९ को महामारीयता सुस्ताएको जग्गा कारोबार अझै चल्न सकेको छैन।
यसको असर राजस्व संकलनमा पनि परेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म मालपोत कार्यालय मकवानपुरबाट १५ करोड ७८ लाख राजस्व संकलन भएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम ७ करोडले कम छ।

मालपोत कार्यालयका अनुसार जग्गा कित्ताकाट बन्द, आर्थिक मन्दी र जग्गा धितो राखेर लिइने ऋणमा कमी आएका कारण राजस्व संकलन घटेको हो। यसअघिका वर्षहरूमा मकवानपुरबाट २३ देखि २६ करोड बीच राजस्व संकलन हुने गरेको थियो।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।