ताजा अपडेट »

लुम्बिनि प्रदेशको संसद बैठक आह्वान

मंगलबार, २३ माघ २०८०, ०७ : ३८
116 Shares


बुटवल। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखी बस्दैछ ।लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन ।

 लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।