ताजा अपडेट »

जंगलको लागेको आगलागीमा परी चिलीमा मृत्यु हुनेको संख्या ९९ पुग्यो

सोमबार, २२ माघ २०८०, १३ : २०
80 Shares

भल्पराइसो, चिली। मध्य चिलीमा लागेको भीषण जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

सो आगालागीमा परी मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने राष्ट्रिय संगठनले आइतबारसम्म ३२ जनाको पहिचान भएको जनाएको छ।

‘कानूनी चिकित्सा सेवाले कुल ९९ शब संकलन गरेको र ती मध्ये ३२ को पहिचान गरिएको छ,’ संगठनले एक बिज्ञप्तिमार्फत भनेको छ ।

भिना डेल मार र भल्पराइसोको तटीय शहरहरू वरिपरि अहिले १५७ भन्दा बढी स्थानहरूमा आगो बलिरहेको छ। सयौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

जंगली आगोमा लागी अनाहकमा ज्यान गुमाएका मृतकहरू मध्ये केहीको शब सडकमा चादरले ढाकिएको अवस्थामा देखिएको चिलिका सञ्चारमाध्यमले जनाएका छन ।

‘मैले यहाँका बासिन्दाहरूसँग पछिल्लो एक घण्टा देखी कुरा गरिरहेको छु र सबैले भन्छन् कि उनीहरूले शवहरू फेला पारिरहेका छन् र यी शवहरू तीनै हुन् जुन आधिकारिक मृत्यु गणनामा समावेश गरिएको छैन,’ पत्रकार जोन बार्टलेटले भनेका छन । 

जो भल्पराइसो शहर नजिकै बसिरहेका छन । उनका अनुसार मृतकको संख्या अझै बढन सक्छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।