ताजा अपडेट »

देवदहको चरङ्गेमा सहकारी अभिमुखीकरण

आइतबार, २१ माघ २०८०, ११ : २७
458 Shares

बुटवल । रुपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलले देवदहको चरङ्गेमा सहकारी अभिमुखीकरण शिक्षा शनिवार सम्पन्न गरेको छ । 

कार्यक्रममा सहकारी अभियन्ता दलबहादुर गुरुङले कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गर्दै आएका आर्थिक,संस्थागत तथा क्षमता विकास,उद्यमशीलता र सामाजिक उत्तरदायित्व वहन कार्य लगायत सहकारीको परिभाषा,सिद्धान्तका बारेमा सहजीकरण गरेका थिए । वर्तमान अवस्थामा देशका सहकारीहरुमा देखापरेका समस्याहरुका बारेमा उनले उल्लेख गरेका थिए । 

उक्त कार्यक्रममा नेपाल मगर संघ,एकाई समिति,चरङ्गेका अध्यक्ष दिलबहादुर सारुले कानुङ बचत ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रमा सहकारी अभिमुखीकरण कार्यक्रम गरेर गुन लगाएको बताए । बचत गर्ने बानी बसाल्दै आवश्यक परेको खण्डमा कर्जा लिई सहकारी शेयर सदस्यहरु उद्यमतिर उन्मुख हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि रेनुका आले मगरले आफ्नो गाउँका मानिसहरुलाई सहकारीमार्फत आर्थिक उपार्जनको बाटोमा लैजान सकेम समृद्धिको बाटो छिट्टै खुल्ने कुरा औल्याइँन् । 

सहकारी अभिमुखीकरण कार्यक्रमको अवसरमा उठेका सवाल र समाधानका विषयमा  उक्त सहकारीका अध्यक्ष टोबहादुर थापाले जानकारी गराएका थिए । आफ्नो सहकारीले पैसा उठाउनेमात्र होइन,उत्पादनमूलक काममा सहकारीको पैसा लगानी गरी सदसयहरुलाई रोजगार र स्वरोजगारको अवस्था सिर्जना गर्दै आएको जानकारी गराए ।  सो सहकारी संस्थाका पीताम्बर पुन, कुुसुम पुन,सुरेश राना,ठमी थापा र गुमा सिंजालीले कानुङ सहकारी संस्थाले रुपन्देही जिल्लाका ग्रामीण भेगदेखि सहरीक्षेत्रमा आफ्नो सदस्यता अभिवृद्धि गर्दै लैजाने अभियानमा निरन्तर खटिइरहेको बताए ।

करिव एक हजार नौ सय सहकारी सदस्य रहेको उक्त सहकारीले यही पौष मसान्तसम्ममा करिव २५ करोडको आर्थिक कारोबार गरिसकेको छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।