ताजा अपडेट »

आगोले जलेर दुई महिलाको मृत्यु

शुक्रबार, १९ माघ २०८०, १४ : ४७
130 Shares

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको हो । 

खाना पकाउने क्रममा जलेर लक्ष्मीको मृत्यु भएको हो भने देवकीको घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो । 

लक्ष्मीको बिहीबार राति खाना पकाउने क्रममा कपडामा आगो सल्किएको कारण जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

गत ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको बिहीबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर एक साता उपचार गरिए पनि उनको बिहीबार घरमै मृत्यु भएको प्रहरीको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।