ताजा अपडेट »

न्यु लाइट कलेजमा खेल सप्ताह

विहीबार, १८ माघ २०८०, १० : ३५
236 Shares
विहीबार, १८ माघ २०८०
236 Shares

बुटवल । रुपन्देहीको  तिलोत्तमा-१, शंकरनगरमा रहेको न्युलाइट कलेजमा अतिरिक्त  कार्यक्रम अन्तर्गत आजबाट खेल सप्ताह आरम्भ भएको छ।  कक्षा ११ , १२ र स्नातक तहमा शिक्षा  र व्यवस्थापन  संकाय  सञ्चालन  भएको यस कलेज १००० भन्दा बढी विद्यार्थीहरु खेल सप्ताहका विभिन्न  बिधामा सहभागी भएका छन । अतिरिक्त  कार्यक्रममा छुट्टै  पहिचान बनाएको यस कलेजमा हरेक शुक्रबार  पठन पाठन सहित  विद्यार्थीको मनोभावना  अनुसार विविध परियोजना  सहितका कृयाकलाप हुने गर्दछन, त्यसैको समष्ठी बिम्ब खेल सप्ताहमा प्रतिबिम्बित हुनेछ ।  

राष्ट्रमै शैक्षिक  गतिविधिका साथसाथै अतिरिक्त  कार्यक्रममा  समेत फरक पहिचान बनाएको यस कलेजमा  खेल सप्ताहमा चेस , कुर्ची दौड ,लोकगीत ,कविता , सटपुट , भलिबल  ,हन्डीफोर ,फुटबल ,क्रिकेट, १००, २०० , ४०० मिटर दौडमा सम्पूर्ण  विद्यार्थीले  सक्रियता  साथ विविध खेलमा सहभागी  भएका छन् । खेल सप्ताहमा  शिक्षक भलिबल  प्रतियोगिता  समेत  हुनेछ ।

कलेजका अतिरिक्त  कार्यक्रम  प्रमुख  खेमराज खनालको अध्यक्षतामा भएको खेल सप्ताहको शुभारम्भ कलेजका क्याम्पस  प्रमुख  रमेश  ज्ञवालीले बेलुन काटनुका साथै रिबन  काटेर गरे।  शुभारम्भ कार्यक्रममा कलेजका  शैक्षिक  संयोजक  राजेन्द्र  कुँवर, व्यवस्थापन संकाय प्रमुख  बिरेन्द्र राना , शिक्षण विभाग प्रमुख  राम प्रसाद भट्टराई  लगायतले शुभकामना  मन्तव्य  राखेका थिए । 

कक्षा एघारदेखि स्नातक  चौथो वर्षसम्मका   विभिन्न  तह र संकायक विद्यार्थीको सक्रिय  सहभागिता रहेको शुभारम्भ कार्यक्रममा  विद्यार्थीले  साँस्कृतिक झलक समेत प्रदर्शन  गरेका थिए ।  खेल सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै  कलेजका शैक्षिक  संयोजक  राजेन्द्र  कुँवरलेञ अहिले किताबी ज्ञानले मात्रै  विद्यार्थीको क्षमता मापन गर्न सकिँदैन । उनीहरुमा रहेको आन्तरिक र बौद्धिक  क्षमता मापनका लागि यस्ता अतिरिक्त  कार्यक्रम सहायक  सिद्ध  हुने र न्यु लाइट रुपन्देहीको  खेलकूदको खम्बा  रहेको  बताए । 

न्यु लाइट कलेज विद्यार्थीको शैक्षिक  मात्रै  नभइ अतिरिक्त क्षमतालाई पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासका लागि मन , वचन र कर्मले लागि परेको क्याम्पस प्रमुख  रमेश ज्ञवालीले  मन्तव्यका कार्यक्रममा  विचार व्यक्त  गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।