ताजा अपडेट »

चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

बुधबार, १७ माघ २०८०, १० : ४९
64 Shares

 

चितवन  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।

माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।