ताजा अपडेट »

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ

बुधबार, १७ माघ २०८०, १० : ५९
102 Shares

बुटवल । तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताएका छन् ।

 नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा काँग्रेसका  उपसभापति समेत रहेका  गुरुङले अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना अबस्थामा काङ्ग्रेस र सरकार दुबै नरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि  गुरुङले  अहिले त्यस्तो अवस्था नआएको भन्दै चर्चा गरेजस्तो बिषय नभएको बताए  । प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।