ताजा अपडेट »

इडन इङ्गलिस बोर्डिङ्गमा विज्ञान  तथा शिक्षण सामाग्री प्रदर्शनी

मंगलबार, १६ माघ २०८०, १० : ४०
280 Shares

 

बुटवल । इडन इङ्गलिस बोर्डिङ्ग स्कुल बुटवल ११ नहरपुरमा विज्ञान  तथा शिक्षण सामाग्री प्रदर्शनी सम्पन्न भयको छ । प्रर्दशनीको उद्घाटन विद्यालयका अध्यक्ष नकुल शाही ठकुरीले केवलकारको मोड्युलको स्विच थिचेर गरे । उनले विज्ञान तथा शिक्षण सामाग्री प्रर्दशनीले विद्यार्थीहरूको क्षेमतामा निखार्ता ल्याउन मद्धत गर्ने भएकाले यस्ता खाले कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।

विद्यालयका प्राचार्य शिवहरि भट्टराईले  कार्यक्रमको सफलताको शुभकामना दिनु हुनै विद्यार्थीहरूले पाठ्यपुस्तक संगै आफ्नो चौतर्फि विकासलाई पनि  अगाडि बढाउनु पर्ने बताए।  उक्त अवसरमा विद्यार्थी तथा शिक्षकहरुवाट ५० भन्दा बढी साइन्स प्रोजेक्ट, वर्किङ्ग मोड्युल तथा विविध शैक्षणिक सामाग्री प्रदर्शन गरिएको थियो। तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनका साथमा  सञ्चालित उक्त प्रदर्शनीमा झन्डै २ हजार  अभिभावक तथा विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।