ताजा अपडेट »

रुपन्देहीमा ‘तेस्रो युवा उद्यमी सम्मेलन २०२४’

सोमबार, १५ माघ २०८०, ११ : ५१
266 Shares

बुटवल । नेपाली युवा उद्दमी मंच रुपन्देहीद्वारा आयोजित तेस्रो युवा उद्दमी सम्मेलन २०२४  सम्पन्न भएको छ। करिव ३ सय पचास जना युवाहरुको सहभागीता रहेको सम्मेलनमा विभिन्न क्षेत्रका बिशिस्ट ब्यक्तिहरुको प्रस्तुति रहेको थियो। रुपन्देहीको तिलोत्तमा स्थिति टाइगर प्यालेस रिसोर्टमा सम्पन्न  सम्मेलनमा उपस्थित सहभागीहरुलाइ स्वागत गर्दै आयोजक सस्था नेपाली युवा उद्दमी मन्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले युवाहरुलाइ उद्दमशिलतामा प्रवेश गर्नको लागि उत्साह, उर्जा, आइडिया र आत्मविश्वास प्रदान गर्ने उदेश्यले तेस्रो युवा उद्दमी सम्मेलन(२०२४ आयोजना गरिएको जानकारी द्एि। उनले  उद्दमशिलता विकासको अभियानमा यो सम्मेलन कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गरे। 

सम्मेलनका प्रमुख अतिथि ज्योति ग्रुपका डाइरेक्टर सौरव ज्योतिले  सम्मेलनले युवाहरुलाइ सकारात्मक उर्जा प्रदान गर्ने उल्लेख्य गर्दै नेपाल मै उद्दम, व्यावसाय गर्न प्रोत्साहन गर्ने विस्वास व्यक्त गरे ।  उनले नेपालमा धेरै अवसर रहेको र सो अवसरलाइ सदुपयोग गरेर नेपाल मै आमयुवाहरू रहने  वाताबरण  बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । सम्मेलनमा नेपाली युवा उद्दमी मंचका केन्द्रिय अध्यक्ष साहारा जोशीले  युवाहरुलाइ सिप, लगानी, ब्यवस्थापन र बजार सम्बन्धि     वाताबरण दिलाउन सरकार र निजि क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने औल्याए । प्रमुख वक्ता  निम्बस ग्रुपका अध्यक्ष आनन्द बगरियाले अब पुरानो ढर्‍राले नचल्ने र नयाँ सोचका साथ योजनाबद्ध तरिकाले उद्दमशिलताको अभियानलाइ अगाडि बढाउनु पर्ने बताए । उनले नेपाली मौलिक प्रोडक्टको उत्पादन गरि सन्सारभर प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।

सम्मेलनको प्यानल डिस्कसन कार्यक्रममा  वेस्टर्न एग्रो प्रोसेस इण्ड्रसटिज  प्रबन्ध निर्देशक एवं  नेपाली युवा उद्दमी मन्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द ओझा,  एनएमबि बैंकका एसएमइर एम(एसएमइ प्रमुख उत्सव घिमिरे, नेपाल सरकार श्रम मन्त्रालयका सचीव केवल प्रसाद भण्डारी र  एकादेशमा की सहसस्थापकरसिइयो अनुजाराज भण्डारीले  युवाहरुलाइ उद्दमशिलतामा प्रवेश, उद्दमशिलताको विकास र त्यसबाट दिगो प्रतिफल दिने गरि उद्दम रव्यावसाय संचालनको बारेमा बोलेका थिए । कान्तिपुरका पत्रकार रुपेश श्रेष्ठले प्यानल डिस्कसन कार्यक्रमको संचालन गरेका थिए । सम्मेलनमा दराज नेपालका  प्रमुख बजार व्यवस्थापक  र पुर्व मिस नेपाल एवं माकुस्से नेपालका सहसस्थापकर सिइयो अनुश्का श्रेष्ठले आफ्नो प्रेरणादायी सङ्ग्रर्षको कथा सुनाउदै ईमानदार प्रयास र निरन्तरताले मात्र सफल भैइने उल्लेख्य गरे।

सम्मेलनमा इन्भिपावर इनर्जि तथा फर्टिलाइजर प्रालीर ग्रीन पलान्ट इनर्जी प्रालिका प्रबन्ध निर्देशक प्रसान्त बुर्लाकोटी,  हाइ(लाइफ फुड्स तथा पहाडी फुड्सका सहसस्थापक प्रसान्त घिमिरे, ओहो केक्स प्रालीका सहसस्थापकर सिइयो सन्तोष पाण्डेले आफ्नो उद्दमशिलताको प्रेरणादायी सफल यात्रा बारे बताए । उनहरुले धैर्यता गरेर समय अनुसार बजारको आवश्यकता बुझेर उद्दम गरे अवश्य सफल भैइने बताए ।  सम्मेलनमा इनोभेसन एन्ड चेन्जर किङस कलेज नेपालका  प्रमुख आलोक खत्रीले व्यापारमा आर्टिफिस्सियल इन्टेलिजेन्टको आवश्यता  र प्रयोग बारे उल्लेख्य गरे ।

422a851b-97d2-4559-ae66-1495bf905401

सम्मेलनका संयोजक प्रविना घिमिरे र अनिष कसौधनले सहभागी सबैलाई सम्मेलनमा भाग लिएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद एवं कृतज्ञता व्यक्त गरेका थिए ।  सम्मेलनमा सहभागी युवाहरूले कार्यक्रम उत्कृष्ट  र उदाहरणीय रहेको प्रतिक्रिया दिएका थिए । सम्मेलनमा विभिन्न उत्पादन तथा सेवासग सम्बन्धित १४ वटा स्टल समेत सहभागी थिए । मंचले यसअघि  दुई पटक जुत्ता मेला एवं पहिलो पटक महिला उद्यमी सम्मेलन(२०१८,  २०२१ मा पहिलो युवा उद्यमी सम्मेलन, २०२२ मा दोस्रो युवा उद्यमी सम्मेलन  र यहि वर्ष रुपन्देहीमा पहिलोपटक ३ दिने आवासीय युवा उद्यमी बुटक्याम्प २०२३ सफलतापुर्वक सम्पन्न गरेको थियो  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।