ताजा अपडेट »

जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

आइतबार, १४ माघ २०८०, १० : ४२
158 Shares

चितवन । भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् । शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षिय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो । उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।