ताजा अपडेट »

के खाेज्छ-खाेज्छ !

शनिबार, १३ माघ २०८०, १७ : ५४
266 Shares

फुर्पा तामाङ/ याे जिन्दगीले खै के खाेज्छ-खाेज्छ!
आमाकाे भूँडीबाट निस्किन साथ दूध खाेज्छ
अलि ठूलाे भएपछि लिटाे खाेज्छ
खाेज्छन् थरीथरीका खाना र नाना।

हिँड्न थालेपछि भकुन्डाे, साइकल खाेज्छन्
हुर्कदैं बढ्दै गएपछि खाेज्छन् खेल्ने साथीहरु
जवान भएपछि खाेज्छन् जीवन साथी
छाेराछाेरी, परिवार र एक शान्तप्रिय छाना
याे जिन्दगीले खै के खा्ज्छ-खाेज्छ।

अचम्मकाे छ याे जिन्दगी 
भनुँ भने के भनुँ 
जुन कुरा छैन त्यही खाेज्छन्
जाडाेमा घाम खाेज्छन्
गर्मीमा चिसाे हावा
माैसम अनुसारकाे चीज खाेज्छन्
याे जिन्दगीले खै के खाेज्छ-खाेज्छ।

अचेल याे जिन्दगी घामकाे प्रतीक्षामा छ
ऊ वादल फाटेकाे देख्न चाहन्छ
रापिलाे घाममा शीतका थाेपाहरु सुकाई दिने मन गर्छ 
र, शान्त मनले जिउने प्रण गर्छ
याे जिन्दगीले खै के खाेज्छ-खाेज्छ !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।