ताजा अपडेट »

लघुकथा : सहिदको परिभाषा !

शुक्रबार, १२ माघ २०८०, १५ : ०६
392 Shares

 

लक्ष्मण ज्ञवाली/ "ऐया बाबै मरे नि ! बचाउ !गुहार !गुहार !" छिमेकी सितारामको घरमा एकाविहानैको कोकोहोलो सुनेर दिनदयाल "हस्याङफस्याङ गर्दै उसको घर पुगे ।"

"धटनास्थल तनाव ग्रस्त थियो ।" "सितारामले घरमा श्रीमती छोराछोरी हुँदाहुँदै पल्लो गाँउबाट एउटी चरित्रहीन महिलालाई कान्छी श्रीमती बनाएर ल्याएको कुरा मुख्य जड रहेछ ।"

"भनाभन, वाद विवाद, धक्कम् धक्का हुँदाहुँदै जेठी श्रीमतीको चिर्पटको पिटाईबाट कान्छीको इहलिला सकिएछ । " "हावासरी फैलिएको सूचनाको प्रभावले मानिसको अत्याधिक भीड लागिसकेको थियो ।" भीडबाट नाराबाजी सुरु भयो, ।"हत्यारालाई फाँसी दे ।" "महिला हिंसा बन्द गर ।"

"अशान्त वातावरणलाई शान्त बनाउन सकिन्छ कि भन्ने ध्येयले दिनदयाल अलि अग्लो ढिस्कोमा उभिएर शान्त रहनुस् ,शान्त रहनुस् भन्दै गुहार लगाए ।" "भीडबाट ठूलो आवाजमा को हो यो शान्त बस भन्ने, उसको टाउको पुटाल् भन्दै हुटिङ्ग भयो ।" दिनदयाल लुसुक्क छेंउ लागे ।

"ठूलो भीडका कारण अझ ठूला घटना हुने आशंका फैलियो ।" पुलिस प्रशासन तैनाथ भए। "त्यस गाँउ वरीपरीका सबै पाटीका मान्छेहरू जम्मा भए। भीड अनियन्त्रित भयो ।पटक पटक झडपहरू भइरहे । ढुङ्गा हानाहान भयो । दुबै तर्फका मानिस र पुलिसहरू पनि धाईते भए ।" आत्मरक्षाकालागि भन्दै "सुरक्षाकर्मीले गोली चलायो ।" एकजना सोझो किसानको ज्यान गयो । "यसरी फरक फरक ढङ्गले घटना घट्यो र दुईजनाको ज्यान गयो । " भिडमा मृतकका पक्षबाट नारा घन्कियो । "मृतकका परिवारलाई क्षतिपूर्ति दे ।"

"मृतकलाई सहिद घोषणा गर।" "हाम्रा माग पुरा गर । " दिउसो देखि राति अवेरसम्म यो क्रम जारी रह्यो । रात छिप्पिदै गएपछि "प्रहरी,प्रशासन ,स्थानीय स्तरका नेताहरू पिडित पक्षको रोहवरमा सहमतिको मस्यौदा सुनाइयो ।" "तल उल्लेखित बुँदा बमोजिमको सहमति पत्रमा सबै पक्षबाट हस्ताक्षर सम्पन्न गराइयो।" , मृतकका परिवारलाई जनही दशलाख दिने २ अपराधिलाई कारवाही गर्ने ३ मृतकहरूलाई सहिद घोषणा गर्ने ।

"दिनभर घटनाक्रमलाई नजिकबाट नियाली रहेका, सहिदको पाठ घोकाएर सेवा निवृत अनुभवि शिक्षक दिनदयाल,आजको "सहिदको परिभाषा "सुनेर हठात मूर्छित भएर डङ्लङ्ग ढले ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।