ताजा अपडेट »

२२ माघमा संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

मंगलबार, ०९ माघ २०८०, १७ : ०३
32 Shares

काठमाडौं । सरकारले यही २२ माघमा संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन यही २२ माघ अपरान्ह ४ बजेका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलफोनमा जानकारी गराएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 
मन्त्रिपरिषद्को सिफारिसमा संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।