ताजा अपडेट »

अत्याधिक चिसो बढेपछि तिलोत्तमाका चोक-चोकमा दाउरा वितरण

आइतबार, ०७ माघ २०८०, १६ : ०१
1.39K Shares

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण सुरु गरेको छ । तिलोत्तमा अन्तरगतका प्रत्येक वडाहरुमा सार्वजनिक स्थल तथा चोक–चोकमा दाउरा वितरण गरिएको हो ।

तिलोत्तमाको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीका अनुसार नगरपालिकाले दाउरा खरिद गरी ट्याक्टर तथा टिप्परमा बोकेर ठाउँ–ठाउँमा दाउरा पुराउने काम भइरहेको छ । देवदहको साझेदारी वनबाट दाउरा खरिद गरी जनतलाई चिसोबाट बचाउन दाउरा वितरण गरिएको उनले बताए ।

नगरपालिकाको २ वटा ट्याक्टर र एउटा टिप्परमा बोकेर योगीकुटी, मणिग्राम चोक, चार नम्बर, ड्राइभरटोल, नयाँ मिल, शंखरपुरा, भलवारी, मँगलापुर, पत्थर डाँडा, मधौलिया लगायतका चोकहरुमा दाउरा वितरण गरिएको छ । पालिका अन्तरगका प्रत्येक वडा तथा सार्वजनिक स्थलहरुमा दाउरा वितरण हुने बताइएको छ । तिलोत्तमा नगरपालिकाले चिसो बढेपछि माघ १० गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको र बालबालिका तथा वृद्धवृद्धालाई जोखिम हुने हुने सचेतना अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।