ताजा अपडेट »

बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ

शुक्रबार, ०५ माघ २०८०, १४ : ०९
74 Shares

काठमाडौं ।  बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन्।

रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।पक्राउ परेका दुबै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन्। २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो। हत्यापछि फरार रहेका दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।