ताजा अपडेट »

हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न

मंगलबार, ०२ माघ २०८०, ११ : ०९
224 Shares

बुटवल । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले पुस २४ गते नेपालगञ्जमा, २५ गते घोराही, २६ गते भालुवाङ्ग, २७ गते चन्द्रौटामा ईकाइ भेला गर्दै षुस २८ गते बुटवलमा तेस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पाण्डेयको अध्यक्षतामा तथा जि २५ क्लवका अध्यक्ष एवं शेयर सदस्य निर्मल नेपालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । 

साधारणसभामा अध्यक्ष बालकृष्ण पाण्डेयले आर्थिक वर्ष २०७९/०८० प्रगति प्रतिवेदन साथै सचिव  अर्जुन ढकालले प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  त्यस्तै कोषाध्यक्ष अन्जु भण्डारी आर्चायले गत आर्थिक वर्ष २०७९/०८० को लेखापरिक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित आय व्यय प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । हाल संस्थाको शेयर पूँजि ४ करोड ४९ लाख ४५ हजार, २ करोड ६ लाख ४८ हजार २९५  तथा कर्जा  ४ करोड ८७ लाख ३ सय रहेको छ । 

तेस्रो साधारणसभाको अवसरमा शेयर सदस्यहरुको हितलाई मध्यनजर गरि सहकारी संस्थाले कौशिल्या अस्पताल प्रा.लि.कोहलपुर, भिजन आँखा अस्पताल नेपालगञ्ज, निदान डायग्नोष्टिक एण्ड हेल्थ केयर प्रा.लि.नेपालगञ्ज, सिड् ल्याब प्रा.लि. बुटवल र सिमली डेन्टल केयर प्रा.लि. बुटवल संग छुट प्रदान गर्ने हेतुले समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको अध्यक्ष पाण्डेयले बताए । संस्थामा पुरुष ६०७ र महिला ४७९ सदस्य गरी १०८६ शेयर सदस्य रहेका छन्। सहकारीले बुटवल उपमहानगरपालिका कालिकानगर, रुपन्देही, शिवराज नगरपालिका चन्द्रौटा, कपिलवस्तु, राप्ती गाँउपालिका, भालुवाङ्ग, दाङ्ग, घोराही उपमहानगरपालिका, घोराही, दाङ्ग र नेपालगञ्ज उपमहानगरपालिका, धम्बोजी, बाँके कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

तेस्रो साधारणसभाको उपलक्ष्यमा संस्थामा आवद्ध शेयर सदस्यहरुको हितलाई मध्यनजर गरि सहकारी संस्थाले कौशिल्या अस्पताल प्रा.लि.कोहलपुर, भिजन आँखा अस्पताल नेपालगञ्ज, निदान डायग्नोष्टिक एण्ड हेल्थ केयर प्रा.लि.नेपालगञ्ज, सिड् ल्याब प्रा.लि. बुटवल र सिमली डेन्टल केयर प्रा.लि. बुटवल संग छुट प्रदान गर्ने हेतुले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

त्यस्तै गरि युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ग्लोबल मोर्टस नेपालगञ्ज, बाँके र यस संस्थाको सहकार्यमा ऋण लगानी सम्बन्धि आपसी समझदारी समेत गरेको छ । संस्थाले निकट भविस्यमै राप्ती गाँउपालिका वडा नं. १ मा रहेको सदस्य सेवा केन्द्र भालुवाङ्ग बाट कृषकहरुकालागि मलखाद तथा बिउबिजन बिक्री बितरण गर्ने कार्य सञ्चालन गर्न लागिएको भन्ने जानकारी अध्यक्ष श्री बालकृष्ण पाण्डेयले जानकारी गराए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।