ताजा अपडेट »

छन्त्याल समुदायको महान पर्व म्हिलाङे सोङती माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान

सोमबार, ०१ माघ २०८०, १७ : १९
202 Shares
सोमबार, ०१ माघ २०८०
202 Shares


बुटवल ।  छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको आयोजना शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । छन्त्याल समुदायको महान पर्व म्हिलाङे सोङती माघे संक्रान्तिको अवसरमा नेपाल आइतबार बुटवलको ढवाह स्थिति छन्त्याल तारा खेल मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । 

 शुभकामना कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य योगेन्द्र छन्त्यालले छन्त्याल समुदायले वर्षभरीका आफ्ना दुख सुख साटा साट गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताए । साथै उनले छन्त्याल समुदायको महान पर्व म्हिलाङे सोङती माघे संक्रान्तिको अवसरमा देश तथा विदेशमा रहेका छन्त्याल समुदायको सुख शान्ती र उत्तरउत्तर प्रगतिको कामना गरे ।

 कार्यक्रममा महिला संघकि केन्द्रिय उपाध्यक्ष बिमा खड्का छन्त्याल, नेपाल छन्त्याल संघ रुपन्देही अध्यक्ष  सुबित्रा छन्त्याल, बुटवल अध्यक्ष रामबहादुर छन्त्याल, तिलोत्तमा अध्यक्ष तारा छन्त्याल, तारा खेल संयोजक सुबेदार गंगाबहादुर छन्त्याल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला अध्यक्ष भरत छन्त्यालको अध्यक्षता र जेष्ठ सदस्य हिरादेवी छन्त्यालको प्रमुख आथित्यतामा र सचिव नन् छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।