ताजा अपडेट »

लघुकथा " चारो "

आइतबार, २९ पुस २०८०, १७ : २४
220 Shares
आइतबार, २९ पुस २०८०
220 Shares

लक्ष्मण ज्ञवाली " आफ्नो गाँउ झलमल्ल झकिझकाउ "देखेर पल्लो छिमेकि गाउँको नेता साधुरामले विस्मीत भाव पोख्यो । हैन कसरी सम्भव भयो यतीचाँडै यस्तो? आफनो स्वकीय सचिव लाई बोलाएर रिपोर्ट माग्यो । स्वकीयले विवरण पेश गर्यो ।

"हिमाल पग्लीयो ,पानी माथीबाट तल झर्यो ,ताल बन्यो , झरना बन्यो, नदी बन्यो, ड्याम बने ,नहर बने ,विधुतगृह बने ,दशौं हजार मेघावाट विद्युत् उत्पादन हुने भयो ।उत्पादन कर्ताको आफनो खपत क्षमता थिएन, हामीले हाम्रो आफ्नो मुल्यमा किन्यौ ।

हाम्रो घर आँगन झलमल्ल भयो । हाम्रा खेत खलियानमा हरियाली छायो बहार आयो ।यति जाबो कुरा पनि रिपोर्ट नै लेख्नुपर्ने हो र ? स्वकीयले आफनो कुरा राख्यो र फेरी भन्यो– यो सब हजुरकै दिमागको उपज त हो नि । साधुराम मख्ख पर्यो र रवाफिलो पाराले कुर्ताको फेरो झाड्यो र इष्टकोट तन्काउँदै भन्यो -"यो त सानो रिहलसल हो "।

हैन महामहिम साँच्चिकै प्रदर्सन कस्तो रहला ?स्वकीयले जान्न चाह्यो । हेर्दै जानोस तपाँईहरुले दिल ठुलो मात्र बनाउनोस । "कालापानी, लिम्पियाधुरा, लिपुलेक आदि सामरिक महत्वका ठाँउहरु भित्रीईसकेका छन्," " कर्णाली पन्चेश्वर माहाकालीको पनि अब टन्टा छैन ।" " कोशी गण्डकी त उहिलेका पुराना कुरा भई हाले पशुपति नगर , सुस्ता, महेलीसागर, लक्ष्मणपुर, टनकपुर लगाएतका पचासौ ठाँउमा , घिचघिच गरिएकै छ " ।

उनीहरूका घर झगडा गराउन पछि नपर्नुस । खर्चपर्च हिसाब किताबको कुनै चिन्ता पर्वाह, गर्न जरुरी छैन । उनीहरू संग मात्र एकताको हात बडाउनुस । २० करोड चारो, बेरोकटोक खनाउनुस । बस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।